| सोमवार, कार्तिक २३, २०८३

माछाखोलामा काङ्ग्रेसको प्रशिक्षण भेला सम्पन्न

नेपाली काङ्ग्रेस धार्चे गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेला शनिबार माछाखोलामा सम्पन्न भएको छ ।
पार्टीको धार्चे गाउँ कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमितिका सभापति हरिबहादुर घले, महासमिति सदस्य तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, उपप्रमुख फूलमाया गुरुङ, भीमसेनथापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, अनुशासन तथा संगठन शुद्धिकरण बिभागका सदस्य भूगोल थापा, जिल्ला कार्यसमितिका सदस्य तथा पार्टी प्रबक्ता राम भण्डारी, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, महासमिति सदस्य कमला लामिछाने, शिक्षक संघका पूर्व केन्द्रीय सदस्य लुमनाथ लामिछाने, तारा पुडासैनी, किरणबाबु श्रेष्ठलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
गाउँ कार्यसमितिका कार्यबाहक सभापति तेजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको पार्टी प्रवक्ता राम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्