| मङ्लबार, कार्तिक २४, २०८३

विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

अहिले मौसम प्रतिकुल हुने र तुवाँलो, धुवाँले ढाकिने भएपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।

पछिल्लो समय वनमा लागेको डँढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन् ।

जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए । विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा प्रदुषण बढेको बताए ।
जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदुषणबाट बच्नका लागि सरकारले आम नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए ।

उनले केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे । वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्