
निषेधाज्ञापछि सुनसान गोरखा(फोटो फिचर)
निषेधाज्ञापछि गोरखा सदरमुकाम बजार सुनसान छ । यातायातका साधन चलेका छैनन् । बजार बन्द छ । सटरमा ताला लागेका छन् ।

शैक्षिक सँस्था, वित्तीय संस्था ठप्प छन् । सरकारी कार्यालयहरु पनि चकमन्न छन् । गोरखा जिल्ला अदालतले जेनजीको आन्दोलनको समर्थन गर्दै साथ दिएको घोषणा गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बजार गस्ती गरिरहेको छ । आ–आफ्ना पसल बन्द गरी सुरक्षित रहन सुरक्षाकर्मीले माइकिङमार्फत आग्रह गरेको छ ।

आन्दोलनकारी तथा कुनै पनि युवा समूहको गतिविधि बजारमा देखिएको छैन । फाट्टफुट्ट पैदल हिँड्नेबाहेक बुधबार मध्यान्नसम्म गोरखा सुनसान छ ।

क्याप्सन ः निषेधाज्ञाका कारण सुनसान रहेको गोरखा बजार ।
तस्वीर ः शिव उप्रेती




