
बराह–ढुङ्गागाढे सडक हिलाम्य, घण्टौँ सवारी फस्दा सर्वसाधारणलाई सास्ती (फोटो फिचर सहित)
मदन विश्वर्कमा : गोरखा आरुघाट सडक खण्डको बराह ढुङ्गागाढे सडकमा दिनहुँ सवारी साधन फस्ने गरेको छ । सडक स्तरोन्तीको जिम्मा लिएको कम्पनीले काम नगर्दा हिलाम्य सडकमा यात्रुले सास्ती भोग्न बाध्य छन् ।

आज पनि बिहानैदेखि उक्त सडक खण्डमा सवारी साधन घण्टौँ रोकिएको थियो । साना—साना सवारी साधनलाई झन धेरै समस्या भएको छ ।

मोटरसाईकल दिनहुँ दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । हिलोको कारण पैदल यात्रीहरुले पनि दुख पाएको बताउछन् ।





