
गोरखाको भोटखोला जाने भीरमा भर्याङ
डेढ महिनासम्म उत्तरी गोरखामा खाद्यान्न लैजाने बाटो अबरुद्ध भएपछि खच्चड व्यवसायीहरुले भीरमा भ¥याङ हालेर केही खाद्यान्न ओसारेका छन् ।
बिगत १० दिनदेखि जोखिम मलेर भीरमा भ¥याङ थापेर चामल ओसार्न थालिएको खच्चड व्यवसायी लीला थापा मगर बताउँछन् । ‘यता हामीलाई खच्चड धान्न गाह्रो, उता भोटखोलामा भोकमरी हुने डर भयो’, आर्खेतका व्यवसायी थापा मगर भन्छन्, ‘त्यसैले हामीले यारु बगरको क्याण्टिलिभर पुलभन्दा केही माथि बिग्रिएको बाटोमा भ¥याङ हालेर त्यहाँबाट उता जाने ठाउँमा फलेक तेस्र्याएर खाद्यान्न ओसार्न सुरु ग¥यौँ ।’
आर्खेतबाट दुई दिन हिँडाएर यारुसम्म चामल लाने र पहिरोका कारण जगतभन्दा माथि अड्किएका खच्चडले यारुबाट जगतसम्म चामल पु¥याउने गरिएको उनले बताए ।
उनका अनुसार आर्खेतबाट यारुसम्म खच्चड पु¥याउन पनि महाभारत छ । ‘आर्खेतबाट गएपछि लापुवेशी पुग्नेबेलामा भूकम्पमा आएको ठूलो भीर पहिरिएर बाटो छेकेर बसेको छ । सानो बाटो छ । ठेल्यो भने गण्डकीमा खस्छ’, थापा मगर भन्छन्, ‘माछाखोलाको पुलजीपमा ठूलो रुख आएर जीप नै बाङ्गो बनाएको छ ।
त्यसलाई ग्याभिन तारले अल्झाएर हिड्ने गरिएको छ । खोर्लावेशीबाट माथि नेपाली सेनाले सडक बनाउँदा ब्लास्टिङ गरेर छोडेको बाटो हिड्न साह्रै मुस्किल छ । पहरोबाट दुई ठाउँमा ठूलो खोला झर्छ । त्यहाँ भिज्दै हिड्नुपर्छ ।’ यसरी सास्ती खेप्दै दैनिक नौ दस वटा खच्चडको बथान हिड्ने उनले बताए ।




