| सोमवार, कार्तिक २३, २०८३

एम्बुलेन्सले कोरोना नभित्र्याउन

एम्बुलेन्सले स्वास्थ्यमा जटिल समस्या देखिएका अवस्थाका बिरामीलाई उपचार गर्न अस्पताल वा उपचारछि फर्केकालाई सहज रुपमा घर ल्याउने काम मूख्य हो । कोरोनाको बिपत्तीमा एम्बुलेन्सको धेरै माग बढेको छ । पहिलो लहर चलेका बेला पनि एम्बुलेन्स धेरै नै चले । रात दिन नभनी एम्बुलेन्स चालक, संघ संस्थाले सेवा पनि दिईरहेका छन् । उनीहरुको खटाई र सेवाको प्रशंसा, सम्मान गर्नुपर्छ ।
तर एम्बुलेन्सले कोरोना माहामारी बढेका बेला निषेधाज्ञाको मौका छोपेर सार्वजनीक यातायातले जस्तो नियमित मान्छे ओसार्ने काम भने बन्द गर्नुपर्छ । गोरखा भित्रने नाका मझुवामा गएर दिनभरी बस्यौँ भने त्यहाँ अधिकासंले बिरामी बनाएर यात्रु ओसारिरहेका देखिन्छ । गोरखाको मात्र होईन अन्यत्रबाट आउने एम्बुलेन्समा पनि यात्रु खचाखच हुन्छन् । कतिपय बिरामीका आफन्त भन्दै कोचाकोच गरेर बसेका हुन्छन् ।
चालकले धेरै पैसा कमाउने नाउँमा बिरामी सरह भाडा लिएर काठमाण्डौँ, पोखरा, चितवनबाट यात्रु ओसार पोसार गरिरहेका छन् । भारतबाट आएकाहरु पनि एम्बुलेन्स चढेर गाउँ पुगेका छन् । एम्बुलेन्स चढ्न नहुने भन्ने होईन । तर कोरोनाको संक्रमण दर बढी भएको छिमेकी देश र देशभित्रकै त्यस्ता जिल्लाबाट आएकाहरु सिधै समुदायमा पुग्दा निग्रानी कसले गर्छ ? उनीहरुबाट नै समुदायमा कोरोना फैलिने खतरा हुन्छ । यसको जिम्मेवारी कसले लिने ?
हरेक मानिस आफ्नो घर जान पाउनुपर्छ तर उनले यो पनि सम्झनुपर्छ कि कोरोना संक्रमण गाउँमा फैलाउने माध्याम हुनु हुँदैन ।

यसरी आएकाहरुलाई गाउँपालिका वा वडाका जनप्रतिनिधीको सम्पर्कमा पठाउन सकियो भने उनीहरु छुट्टै होम क्वारेन्टाईनमा बस्छन् । उनीहरुको पिसिआर जाँच पनि हुन्छ । यसले समुदायमा कोरोना फैलने खतरा कम हुन्छन् । त्यसले एम्बुलेन्स चालकले जो मानिसलाई पनि सोधखोज बिना यात्रा नगराऔँ । तपाईले बोकेर गाउँ लगिदिएको ब्यक्तिले सिङ्गो समाजलाई मात्र होईन तपाईलाई पनि कोरोना सार्ने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्