| आइतवार, असार २८, २०७७

गोरखाको स्वाँरामा छायाङ्कन भएको म्युजिक भिडियो ‘रेलिमाई’ रिलिज

गोरखाको स्वाँरा, ठोट्नेरीको चिनारी गराउने म्युजिक भिडियो बुधबार रिलिज भएको छ ।

स्वाँराका गायक नवीन गुरुङ र भुम्लिचोककी गायिका कल्पना गुरुङको स्वरमा सजिएको सो म्युजिक भिडियोमा बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३ स्वाँरागाउँ, ठोट्नेरी, सुलीकोटडाँडा, सीतागुफा आदिको दृष्यलाई प्रवद्र्धन गरिएको छ ।

सो म्युजिकभिडियो अठारसयखोला प्रोडक्शन प्रालिले निर्माण गरेको हो ।

वीरबल घले(बिरुप)ले निर्देशन गरेका सो म्युजिक भिडियोमा गोरखाकै कलाकारहरु वीरबल घले(बिरुप), उर्मिला गुरुङ, रोमन राना, सबिना गुरुङ, नवीन गुरुङले नृत्य तथा अभिनय गरेका छन् ।

मरुभूमि नारायणले छायाङ्कन गरेका सो म्युजिक भिडियोको कोरियोग्राफर पर्सन गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्