
गोरखाको एकदर्जन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य
गण्डकी प्रदेशले गोरखाको एक दर्जन क्षेत्रलाई प्रमुख पर्यटकिय गन्तब्यमा सुचिकृत गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखा दरबार, मनकामना मन्दिर, केबलकार, छेकम्पार, बारपाक, लाप्राक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखाकालिका र गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्रलाई पर्यटकीय गन्तब्यमा सूचीकृत गरेको हो ।

मन्त्रालयले ११ जिल्लाका ११० पर्यटकीय गन्तव्यलाई पुस्तक मार्फत सर्वजनिक गरेको हो । मन्त्रालयले यी गन्तव्यलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानेको छ ।
छनोट भएका स्थानको प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।
पुस्तकका संकलक, सम्पादन, संयोजक एवं मन्त्रालयका कार्यक्रम अधिकृत तुलसीराम शर्माका अनुसार नेपाल सरकारले तयार गरेको टुरिजम मास्टर प्लान, जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको टुरिजम प्रडक्ट अफ नेपाल नामक पुस्तक लगायतको सहयोगमा पर्यटकीय गन्तव्य छनोट गरिएको हो ।




