
गोरखाका आयुष दर्नाल भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा
गोरखाका आयुष दर्नालले नेपालको चर्चित ‘दि भ्वाइस अफ नेपाल’मा सहभागिता जनाएका छन । गोरखा नगरपालिका वडा नं ६ छहरेका २२ वर्षका दर्नालले भ्वाइस अफ नेपालको सातौँ संस्करणमा सहभागिता जनाएका हुन् ।
उनले भ्वाइस अफ नेपालको पहिलो चरण पार गरिसकेका छन । अहिले आफू दोस्रो चरणको व्याटल राउन्डको तयारीमा रहेको उनले बताए । ‘सुरुको व्लाइन्ड अडिसन फेज पार गरिसकेको छु, अबको एक हप्ताभित्र मेरो व्याटल राउन्ड हुन्छ । अहिले त्यसैको तयारीमा छु’, उनले भने । आफ्नो भ्वाइस अफ नेपालको यात्रालाई साथ, सहयोग र माया गरिदिन उनले गोर्खालीहरुसँग अपिल गरेका छन ।
सानैदेखि गायनमा रुचि राख्ने दर्नालले गोरखा सदरमुकामस्थित मोर्डन सेकेन्डरी स्कुल र ओल्ड क्यापिटल माविबाट आफ्नो माध्यमिक शिक्षा पूरा गरेका थिए । उनले हाल काठमाडौँमा क्लव तथा बारहरुमा गित गाउँदै आएका छन ।




