
जोनिशा गुरुङको ‘छातीभित्र दुख्ने घाउ’ बजारमा
राजेश पायल राईको एकल स्वर र गोरखाकी जोनिशा गुरुङले मोडलिङ गरेको छातीभित्र दुख्ने घाउ बोलको म्युजिक भिडियो बजारमा आएको छ । आशिष भट्टराईको शव्द, मोहन मादेनको संगीतवद्ध रहेको सो म्युजिक भिडियो बिहिबार बजारमा आएको हो ।
सो म्युजिक भिडियोमा सन्देश लाबुङ लिम्बु, नरेन्द्र साम्पाङ राई र कोस्मी घलेले पनि अभिनय गरेका छन् ।
साथै जोनिशाद्वारा अभिनय गरिएको र अञ्जु पन्तद्वारा स्वरवद्ध गीत पनि बजारमा आउन लागेको छ । उनीद्वारा अभिनय गरिएको र स्वरुपराज आचार्यद्वारा स्वरवद्ध म्युजिक भिडियो पनि निकट भविष्यमा बजारमा आउन लागेको गुरुङले जानकारी दिइन् ।
उनी चुमनुब्री गाउँपालिका ३ गोरखाकी हुन् ।




