
गायक परियारको नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ सार्वजनिक
लोकदोहोरी गायक हरिराम परियारको नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ बजारमा आएको छ । गोरखा घर भएका उनले बिहीवार आफ्नो जन्मदिनको अवसर पारेर गितको बिमोचन गरेका हुन् ।
काठमाडौंमा एक कार्यक्रमकाबीच उनको पञ्चेबाजा गित बिमोचन भएको हो । आफ्नै अफिसियल यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको परियारले बताए ।
उनीसँगै रेजिना परियारको स्वरमा सजिएको उक्त गितका शब्द लेखन रविन लामिछानेले गरेका हुन् । संगित स्वंय हरिराम परियारको रहेको छ । गीतको म्यूजिक भिडियोमा कलाकार सुमन परियार, सञ्जिता बोलखे लगायतका कलाकारले अभिनय गरेका छन् भने निर्देशन दिप गुरुङको रहेको छ ।
गीतले प्रेमिल जोडीहरूको कोमल भावना र मायाको कथा प्रस्तुत गर्दै गोरखाको ऐतिहासिक दरौदी खोलाको सन्दर्भलाई गहिरो रुपमा समेटेको छ ।
गोरखा भ्रमण बर्षलाई समेत लक्षित गरी जिल्लाका ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई समेत समेटिएको परियारले बताए ।




