| मङ्लबार, साउन २५, २०८३

श्रष्टा पदयात्राको ९२ औं श्रृंखला गोरखामा मनाइयो

साहित्य सिर्जनालाई निरन्तरता दिने पदयात्री श्रष्टाको ९२ औँ श्रृंखला गोरखामा सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रबार सदरमुकामस्थित ठुलोआँगनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देशभरका साहित्यकारहरुको टोली सहभागी थिए । उनीहरुले कार्यक्रममा आफ्नो साहित्यिक रचना समेत प्रस्तुत गरे । पर्यटन वर्षको शिलशिलामा गोरखा नगरपालिकाले श्रष्टा पदयात्रा नेपालका पदाधिकारीहरुलाई निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणाको आधारमा पदयात्रा टोली गोरखा आएको हो ।

साहित्यिक कार्यक्रमको माध्यमबाट जिल्लामा पर्यटन प्रवद्र्धनसँगै जिल्लाका पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए ।

नगर प्रमुख कृष्ण राना मगरको अध्यक्षता एवं श्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, उपप्रमुख लिला परियार, गोनपाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गजलका मानक ज्ञानुवाकर पौडेल लगायत अन्य राष्ट्रिय स्तरका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्