
मिस्टर टुरिज्म वल्र्ड प्रतियोगितामा भिड्दै गोरखाका मिलन भट्टराई
भीमसेनथापा गाउँपालिका २ ओख्लेका मिलन भट्टराई आठौँ मिस्टर टुरिजम वल्र्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान गरेका छन् । बुधबार (१२ फेब्रुअरी) देखि आयोजना हुन लागेको प्रतियोगितामा नेपालको तर्फबाट भिड्न उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगितामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य उनले लिएका छन् । विश्वभरका पर्यटन प्रवद्र्धकहरूलाई नेपाल भित्र्याउन आफूले भूमिका खेल्ने उनले बताएका छन् । प्रतियोगितामा सहभागी भएर नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यलाई पर्यटन प्रवद्र्धनको आयामबाट अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने उनको भनाइ छ ।
फिटनेस र मोडलिङमा सफलता हासिल गरेका भट्टराईले यस क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका छन् । उनी मिस्टर टुरिजम नेपाल २०२४ का विजेता हुन् ।




