| शनिबार, कार्तिक २१, २०८३

नगरपालिकास्तरीय नृत्य प्रतियोगिताको सम्पन्न

हरमटारी खेलमैदानमा जारी चौथो गोरखकाली पर्यटन मेलाको तेस्रो दिन बुधबार नगरपालिकास्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महालक्ष्मी मावि प्रथम बनेको क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले बताए । यस्तै मोडर्न सेकेन्डरी बोर्डिङ स्कुलले द्वितीय स्थान हात पारेको छ ।

द वल्डक्यापिटल मावि र अन्नपूर्ण बोर्डिङ स्कुल सान्त्वना बन्न सफल भएका छन् । कार्यक्रममा नगरपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको थियो । प्रथम द्वितीय र सान्त्वनालाई क्रमश २० हजार १० हजार र ५ हजार नगदको साथमा प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको उपाध्यक्ष श्रेष्ठले बताए । बिजेता सबैलाई क्लबका अध्यक्ष जिवन गुरुङले पुरस्कार वितरण गरेका थिए ।

बुधबार अर्जुन सापकोटा, कर्णराज गिरी, शोभा त्रिपाठी, निशा गुरुङ र आयुष प्रतिक अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । आज बिहीबारमेलिना राई, भिम विष्ट, देवी आले, देव नारायण मगर रजमुना सुनार लगायतका कलाकारको प्रस्तुती रहने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्