| शनिबार, कार्तिक २१, २०८३

गोरखकाली मेलामा वक्तृवकला प्रतियोगिता, उपरकोटी प्रथम

हरमटारी खेलमैदानमा जारी चौथो गोरखकाली पर्यटन मेलाको दोस्रो दिन मंगलबार जिल्ला स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महालक्ष्मी माविकी आकृति उपरकोटी प्रथम भएकी छिन् । सहभागी ८ विद्यालयका प्रतिष्पर्धीलाई पछि पार्दै उपरकोटी प्रथम बनेकी हुन् ।

द वल्ड क्यापिटल मावीकी प्रमिला बानियाँ द्वितीय बनेकी छिन् । यस्तै सरस्वती माविकी कृतिका लामिछाने र शक्ति माविकी खुश्वु जैसवाल सान्त्वना भएका छन् । प्रथम द्वितीय र सान्त्वनालाई क्रमश २० हजार १० हजार र ५ हजार नगदको साथमा प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको क्लबका अनिल श्रेष्ठले बताए ।

मंगलबार सुमित्रा तामाङ, बिजय परियार, साहिमा श्रेष्ठ, बिनय कार्की, कुलेन्द्र बि.क. लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । आज बुधबार अर्जुन सापकोटा, कर्णराज गिरी, शोभा त्रिपाठी, निशा गुरुङ, आयुष प्रतिक अधिकारी लगायतका कलाकारको प्रस्तुती रहने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्