| बुधबार, असार ९, २०८३

रामशाहघाटको महादेव मन्दिर परिसरमा एकादशी मेला लाग्ने

गोरखा नगरपालिका–१३ स्थित रामशाहघाटको ओमकारेश्वर महादेव मन्दिर परिसमा यही कात्तिक २६ र २७ गते एकादशी मेला भएको छ । हरिवोधनी एकादशीको अवसर पारेर भव्य मेला हुने दरौँदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका, गोरखा नगरपालिका र शहीदलखन गाउँपालिका छुने, मस्र्याङ्दी र दरौँदी नदीको संगमस्थल रामशाहघाटमा विशेष मेला लाग्ने उनले बताए । ‘२६ गते बेलुका सत्यनारायण पूजा सहित जागराम हुन्छ’, उनले भने, ‘२७ गते भने पञ्चेबाजा सहित मस्र्याङ्दी नदीमा फूल तार्ने काम हुन्छ । गोरखाको रामशाहटोल र आँबुखैरेनी बजार जोड्ने गरी फुलको डोली तोरण टाँगिनेछ ।’२७ गते टाढा टाढाबाट भक्तजनहरुले पनि फुलको डोली ल्याउने उनले बताए ।


रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न रामशाहघाट पुग्ने गर्छन । तीन वर्ष यता त्यहाँ निरन्तर रुपमा पञ्चेबाजा सहितको जात्रा र पूजापाठ हुन थालेको समितिका अध्यक्ष अधिकारीको भनाई छ । ‘हुन त यहाँ लामो समयअघिदेखिनै पञ्चेबाजा सहितको जात्रा, पूजापाठ हुने गथ्र्यो तर विविध कारणले रोकिएको सो कार्य धेरै समयपछि अहिले पुनः सुरु गरिएको हो’, उनले भने ।

हरिबोधनी एकादशीको अवसरमा हुने पुजापाठ, फुलको डोली टाँग्ने लगायत कार्यक्रममा सहभागी हुन समितिले गोरखा, तनहुँ, लमजुङ, चितवन लगायत आसपासका जिल्लाबासीलाई पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्