| बुधबार, असार ९, २०८३

लियो क्लव अफ गोरखाले ‘गाईजात्रा रमाइलो मेला–२०८१’ गर्दै

गोरखामा ‘चौथो गाईजात्रा रमाइलो मेला–२०८१’ हुने भएको छ । लियो क्लव अफ गोरखाको आयोजनामा भदै ३ गते गाईजात्रा मेला हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम स्थित गोरखा संग्रहालयमा कार्यक्रम हुने क्लवले जनाएको छ ।

जिल्ला भित्र रहेका अपाङ्गता भएका, अनाथ, असहाय, निम्न वर्गका व्यक्तिहरुको स्वास्थ्य तथा शैक्षिक सामाग्री सहयोगका लागि मेलाको आयोजना गरिएको लियो क्लव अफ गोरखा वर्ष २०२४/२५ का अध्यक्ष मिलन उपरकोटीले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि उनले अपिल गरेका छन् ।

‘सहयोग गर्न चहानेहरुका लागि हजार र ५०० को टिकट व्यवस्था गरिएको छ’, उनले भने । अन्यको हकमा २०० र विद्यार्थीहरुका लागि १०० रुपैँया टिकट शुल्क लाग्ने उनले बताए । रमाइलो मेला संचालन गर्न करिव ६ लाख लाग्ने अनुमान गरिएको छ । कार्यक्रमबाट करिब डेढ लाख रुपैँया नाफा हुने अनुमान क्लवको छ । नाफा आएको रकम सहयोगमा खर्च गरिने क्लवले जनाएको छ ।

लियो क्लव अफ गोरखा वर्ष २०२४/२५ का अध्यक्ष मिलन उपरकोटीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा क्लवका वर्तमान सचिव प्रबिन उपरकोटी, क्लवका पूर्व अध्यक्षहरु मोहन श्रेष्ठ, यम बहादुर बसेल, लियो जिल्ला परिषद ३२५ जेका उपाध्यक्ष बालकृष्ण परियार, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्