| बुधबार, असार ९, २०८३

सुशीला बरालको ‘मै राम्री हो कि’ सार्वजानिक

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको तिजको गीत ‘मै राम्री हो कि सार्वजनिक भएको छ । गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन् । गायिका सुशीला पराजुली बरालको पहिलो गीतको रुपमा रहेको यस गीतमा बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टिरिङ रहेको छ ।

मोडलिङमा विना राउत र एलिसा विष्टको अग्र भूमिका रहेको गीतको म्युजिक भिडियो अहिलेका व्यस्त निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । भिडियो छायाङ्कन उत्सव दाहालको रहेको छ भने नृत्य राहुल बराईली, सम्पादन मिन रावलको रहेको छ ।

तिजलाई लक्षित गरी तयार पारिएको गीतको भिडियोको छायांकन किर्तिपुरको ऐतिहासिक स्थान बाघ भैरव मन्दिर लगायतका रमणीय स्थानहरुमा सम्पन्न गरिएका छ । नेपाली मौलिकता झल्कने गरी भिडियो तयार पारिएको निर्देशक रुपाखेतीले बताए ।
संगीतकार पोखरेलको संगीतमा रहेको तिज गीत तिजैले जुरायो र लाग्छकी लाग्दैन भिसा बरिलै केहि दिनअघि सार्वजनिक भइसकेको छ ।

मै राम्री हो कि गीतबाट आफु एकदमै आशावादी रहेको गायिका सुशीला बताउँछिन् । अहिले बजारमा आइरहेका गीत भन्दा फरक गीत रहेको गीतकार बिनोद बरालले बताए । गीतको अडियो र भिडियो दर्शक श्रोताहरुले मनपराउनेमा संगीतकार पोखरेल पनि विश्वस्त छन् भने गीत ओएस आर डिजिटलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्