| बुधबार, असार ९, २०८३

२० हजार बढीले मेलाको अवलोकन गरे, बिहीवार हालसम्मकै धेरै दर्शकको उपस्थिती

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि पर्यटन तथा व्यापार मेलाको हालसम्म २० हजार बढी दर्शकले अवलोकन गरिसकेका छन् । बिहीवार सबैभन्दा बढी पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।

‘अरु दिन १७–१८ सयको हाराहारीमा दर्शक हुन्थे,’ उनले भने, ‘बिहीवार दर्शकको संख्या धेरै भयो, करिव पाँच हजारले अवलोकन गरे भन्ने अनुमान हाम्रो छ ।’ बिहीवार गायिका ज्योति मगर सहित प्रताप दास लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । आज शुक्रवार दुर्गेश थापा, मञ्जु पौडेल, अनु अधिकारी, सरुना गोतामे दवाडी लगायतका गायक गायिकाको सांगितिक प्रस्तुती रहने कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यही पुस १९ गतेबाट मेला शुरु भएको हो । २९ गतेसम्म मेला संचालन हुने भनेपनि तीन दिनका लागी थप गरिएको उनले बताए । ‘हिजोसम्म मेलाको स्टलहरुमा व्यापार खासै भएन, त्यसैले माघ ३ गतेसम्म मेलाको समय थप गर्ने निर्णय गरेका हौ,’ उनले भने । माघे संक्रान्तिको दिन मगर समुदायको कार्यक्रम सोही स्टेजमा संचालन हुने र उनीहरुको कार्यक्रम सम्पन्न भएपश्चात पुन मेलाका कार्यक्रमले निरन्तरता पाउने बताइएको छ । सो दिन तीन बजेसम्म निशुल्क मैदान प्रवेश गर्न पाइने र त्यसपछि भने टिकट शुल्क लाग्ने मेला आयोजक गोरखा चेम्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्