
‘प्यारो न्याक गाँउ’ म्युजिक भिडियो सार्वजनिक
उदियमान मोडल गोरखाकी जोनिसा गुरुङले आफ्नो पुख्यौली थलो न्याक गाउँको प्रवद्र्धन गर्न म्युजिक भिडियो निर्माण गरेकी छिन् । चुमनुब्री गाँउपालिका ३ न्याक गाउँकी गुरुङले ‘प्यारो न्याक गाउँ’ म्युजिक भिडियो निर्माण गरेकी हुन् ।
तमुहरुको महान पर्व ल्होसारको अवसरमा उनले सो म्युजिक भिडियो आफ्नै युट्युव जोनिसा गुरुङमार्फत सार्वजनिक गरेकी छन् म्युजिक भिडियोको निर्देशन तोलबहादुर गुरुङ (लबसन)ले गरेका छन् । म्युजिक भिडियोमा मोडल जोनिसा गुरुङ र मोडल मनोज गुरुङले अभिनय गरेका छन् । म्युजिक भिडियोको गीत सुमिना लामा र आँसु लामाको स्वरमा रहेको छ ।
सो म्युजिक भिडियोको शेरबहादुर पिठाकोटे मगर (सन्तोस) ले छायाङ्कन गरेका हुन् भने भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् । गीतको शब्द संगीत आँशु लामा र बिरबल घलेको रहेको छ । म्युजिक भिडियोमा चुमनुब्री गाँउपालिकामा अवस्थित न्याक गाँउको विभिन्न ठाँउको दृश्य छायांकन गरिएको छ ।




