| बुधबार, असार ९, २०८३

चुमनुब्रीका प्रथम नायक र प्रथम नायिका सम्मानित


चुमनुब्री गाउँपालिकाका प्रथम नायक विरबल घले र प्रथम नायिकका जोनिशा गुरुङ सम्मानित भएका छन् । चुम स्याग्या सताव्दी महोत्सव मूल आयोजक समितिले बुधबार एक कार्यक्रमका बीच काठमाडौमा दुवै जनालाई सम्मान गरेको हो । मूल आयोजक समितिका संयोजक निमा लामाले कलाकारद्वयलाई सम्मान गरेका हुन् ।


सम्मानित भएका नायक विरबल घले २०६० सालदेखि नै म्युजिक भिडियोमा खेल्न सुरु गरेका थिए । उनले हालसम्म ३ दर्जन जति म्युजिक भिडियो, टेलिसिरियल र ६ वटा सर्ट मुभीमा अभिनय गरिसकेका छन् । त्यस्तै, ११ वटा गुरुङ चलचित्रमा पनि अभिनय गरिसकेका छन् । त्यस्तै नेपाली चलचित्रका रुपमा गोर्खा वारियर र एन्जिलामा अभिनय गरेका छन् । उनको अब दयाहाङ राइ र स्मिा गुरुङले अभिनय गर्ने नेपाली चलचित्र ‘रिमै’ निर्माणको तयारीमा रहेका छन् ।


त्यस्तै, चुमनुब्री गाउँपालिकाको पहिलो नायिकाका रुपमा सम्मानित भएकी जोनिशा गुरुङले २०७६ सालदेखि म्युजिक भिडियो खेल्न थालेकी हुन । हालसम्म १२ वटा म्युजिक भिडियो र एउटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले मनकाशी नामक गुरुङ चलचित्रमा अभिनय गरेकी हुन् ।

आगामि पुस १५ गते ल्होसारको अवसरमा ‘हाम्रो प्यारो न्याक गाउँ’ नामक म्युजिक भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक हुने तयारीमा रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्