| आइतवार, कार्तिक २२, २०८३

ठाडो भाका प्रतियोगिताको उपाधि वीर बहादुर र रेशम मायालाई

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित ठाडो भाका लोक दोहोरी गीत प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो भएका छन् भने मनकाजी गुरुङ र बिष्णुमाया गुरुङको समूहले तेस्रो स्थान हासिल गरेका छन् ।

उनीहरुले क्रमश एकलाख, साठी हजार र तीस हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने सुकबहादुर तामाङ र मंगली गुरुङको समूहले पन्ध्रहजार नगद पुरस्कार पाएका छन् । उत्कृष्ट गायनतर्फ बारपाक सुलिकोटका धनबहादुर गुरुङ र लम्जुङ दुधपोखरीकी सन्तमाया गुरुङले पुरस्कार पाएका छन् । उनीहरुलाई जनही दश हजार नगद पुरस्कार दिइएको कार्यक्रम संयोजक हरिमाया गुरुङले बताइन् ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौँतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिकाको प्रवद्र्धनमा भएको प्रतियोगितामा गोरखा, लम्जुङ र तनहूँका गरी कुल १८ टिमको सहभागिता रहेको थियो । लोप हुन लागेको संस्कृति जर्गेनासँगै नयाँ पुस्तालाई ठाडो भाका सिकाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ । कार्यक्रममा लोकगायक अमर विरही गुरुङ, राजु परियार, चिजा तामाङ लगायत जिल्लादेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्