
लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसँगै बाँचे पनि’ गीत सार्वजनिक
गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसगै बाँचे पनि’ गीत सार्वजनिक भएको छ । शुक्रबार बेलुका पदम कुलुङको युटुब च्यानलमा गीत सार्वजनिक भएको हो ।
पदम साधना कुलुङको शब्द र तम्पशेर राइको संगीतमा नव उदयमान गायक गुरुङले स्वर भरेका हुन् । किङ स्डुडियोमा रेकर्डिस्ट सुरेश राईले गीतको रेकर्ड गरेका हुन भने गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
गुरुङको यो पहिलो रेकर्ड गरिएको गीत हो । पहिलो पटक गीत रेकर्ड गर्न पाउदा निकै खुसी लागेको उनी बताउँछन् । ‘जिन्दगीमा आफनो गीतको एउटा एल्बम निकाल्ने मन थियो, आज पुरा भयो, एकदम खुसी लागेको छ,’ उनले भने, ‘गाउँघरमा साथीभाईहरुले तपाइको आवाज एकदम राम्रो छ भन्नुहुन्थ्यो । उहाँहरुकै हौसलालाई निराश हुन नदिनका लागि गीत रेकर्ड गरिएको हो ।’

गाउँका साथीभाइले दिएको हौसल टुट्न नदिन र आफ्नो गाउँलाई परिचित गराउन गायन यात्रा सुरु गरेको उनको भनाइ छ ।
आफ्नो व्यक्तिगत पैसा खर्च गरेर गीत रेकर्ड गरिएको बताउदै गीत युटुब च्यानलमा सार्वजनिक भएसँगै सबैले अत्यन्तै राम्रो प्रतिक्रिया दिएको गुरुङले बताए ।

उनी भ्वाइज अफ नेपाल लगायतका ठूला साँगीतिक रियालिटी सो हरुमा सहभागि नभए पनि गाउँगाउँमा हुने मेला, महोत्सवहरुमा भने विभिन्न गीतहरु गाउदै आएका थिए ।
आफ्नो गायनको यात्रा भर्खर सुरु भएको र अव यो यात्रालाई निरन्तरता दिने उनी बताउँछन् । उनी यस अघि परदेशमा हुदा ‘विरहीको भाकाले यो मुटुलाई चोर्यो’ भन्ने गीत टिकटक फेसबुकमा निकै भाइरल भएको थियो ।
तिमि सँगै बाँचे पनि गीतको भिडियो :




