| आइतवार, कार्तिक २२, २०८३

दोस्रो लिगलिग पालुङटार महोत्सव सुरु

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९ सुरु भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो ।

महोत्सवमा बाल उद्यानका सामग्री, कृषि उपज, कपडा, भाँडाकुँडाका स्टलहरु रहेका छन् । लिगलिग पालुङटार उद्योग बाणिज्य संघका अध्यक्ष मानबहादुर आलेको अध्यक्षतामा भएको महोत्सवको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर विवस चिन्तन, राजनीतिक दलका नेताहरु लगायतले मन्तब्य राखेका थिए ।

महोत्सव सुरु हुनुअघि पालुङटार बजार क्षेत्र झाँकी ¥यालीले परिक्रमा गरिएको थियो । बिभिन्न जातजाति, भेषभुषामा सजिएका स्थानीयले कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्