
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष केसी सम्मानीत
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष शिव केसी सम्मानीत भएका छन् । गोरखामा लोक तथा दोहोरी गितको प्रर्वद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्ष केसीलाई सम्मान गरिएको हो ।
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाको १३ औँ साधारण सभा एव सातौँ अधिवेशनका क्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले केसीलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् । उनी लोक तथा दोहोरी गित प्रष्ठिान गण्डकी प्रदेशको संगठन बिभाग प्रमुख समेत हुन् ।
गोरखामा प्रतिष्ठानलाई अघि बढाउन महत्वपूर्ण भुमिका खेल्दै आएका केसी अग्रज कलाकारका रुपमा सम्मानीत भएको प्रतिष्ठानले जनाएको छ ।




