| सोमवार, कार्तिक २३, २०८३

‘ग्रिन फरेस्ट रिसोर्ट’ मा होली विषेश कार्यक्रम हुने

‘ग्रिन फरेस्ट रिसोर्ट’ गोरखा दरवारमा चैत ३ गते होली विषेश कार्यक्रम तय भएको छ । दुईसय रुपैयाँ टिकटमा एउटा बियर फ्रि दिएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको संचालक बिक्रम तामाङले बताए ।

‘होलीको दिन हुने कार्यक्रममा गोर्खाली ब्याण्ड मल्टिट्यालेन्ट ग्रुपको विषेश प्रस्तुति, कालीका संस्कृतिक कलाकेन्द्र र स्थानीय कलाकारको प्रस्तुति पनि हुनेछ । दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने तामाङले बताए । पाँचसय जना सहभागी हुने अपेक्षा उनको छ । होलीमा साथीभाई भेट हुने एउटा माहौल बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘रिसोर्टभित्रै कार्यक्रम गर्ने ठाउँ छ, यहाँ भएपछि खानेकुरा खाँदै होलीमा रमाउन, साथीभाई भेट्न सहज हुन्छ’ उनले भने । बाह्य पर्यटकलाई पनि इभेन्टले प्रभाव पार्न सकिने उनी बताउँछन् । त्यसका लागि गोरखाका पहिचालन झल्कने कौरा, घाँटु, पाउँदुरे, झ्याउरे गीतहरु इभेन्ट अनुसार दिँदै जाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्