| सोमवार, कार्तिक २३, २०८३

म्युजिक भिडियोमा जम्दै गोरखाकी मेनुका गुरुङ

सहरी वातावरणमा हुर्केकाहरु मोडल बन्नु नयाँ विषय होइन । साजसज्जा, श्रृङ्गारपटार र फेसनमा सौखिन हुनु पनि उनीहरुलाई ठूलो कुरा छैन । तर दाउराघाँस, मेलापात गरेर हुर्केका, लेकका भीर पहरामा भेँडाबाख्रा चराएर बालाजोवन बिताएकाहरुका लागि मोडल बन्नु असाधारण कुरा हो ।

यस्तै असाधारणलाई साधारण बनाउने प्रयासमा छिन्, धार्चे ३ खोर्लाकी मेनुका गुरुङ । नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनुहारको आगमन हुने क्रम बढिरहेका बेला त्यही भेलमा होमिने साहस गरेकी छिन्, उनी । दर्शकले नयाँ र राम्रा कलाकारलाई रुचाउने भएकाले म्युजिक भिडियो मेकरहरु नयाँ अनुहारलाई भित्र्याउन लालयित हुन्छन् ।

No description available.

धार्चे गाउँपालिका ३ खोर्लाकी मेनकाु गुरुङ पनि पछिल्लो समयमा म्युजिक भिडियोमा उदाइरहेकी नयाँ अनुहारमा पर्छिन् । खोर्लाको सात कन्या माविबाट २०७३ सालमा एसईई उतीर्ण गरेपछि उनले म्युजिक भिडियोमा करियर सुरुवात गरकी हुन् ।

No description available.

सानै उमेरदेखि ‘डान्स’ गर्नमा रुचि राख्ने मेनुकाले हाल एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय सकेकी छिन् । ‘स्कुलमा सानैदेखि डान्स गर्ने भएकाले शिक्षकहरुले पनि ठूलो भएपछि नायिका बन्नु पर्छ भन्ने गर्नुहुन्थ्यो । अहिले दर्शकको माया, साथ र सहयोगले यहाँ सम्म आइपुगेकी छु’ उनले भनिन् । हाल उनी स्नातक तहको पढाइसँगै म्युजिक भिडियो र टेलिसिरियलमा पनि अभियन गर्दै आइरहेकी छिन् ।
उनको अभियनले पछिल्लो समयमा प्रशंसा पाउन थालेको छ ।

No description available.

‘कुनै काम सानो वा ठूलो हुदैन, सबै काम गर्नुपर्छ । सट मुभी, टेलीसिरियल, म्युजिक भिडियोम सबै अभिनय गरेकी छु । सुरुमा स्थापित हुनका लागि विना पारिक्षमिक पनि काम गरेँ’, उनी भन्छिन्, ‘तर अहिले राम्रो काम गरे भने पारिश्रमिकको कुनै समस्या छैन, तर काम सुरु परेपछि त्यसमा फोकस भएर लाग्नुपर्छ ।’ अहिले व्यक्तिगत काममा व्यस्त भएका कारण म्युजिक भिडियोहरुको अफर आइरहेता पनि समय दिन नपाएको उनले बताइन् ।

No description available.

हाल सम्म ‘यता न उता’, ‘हल्का रमाइलो’, ‘कुरा मात्र भो’, ‘धोकेबाज साथी’, ‘दोधार’, ‘दुखी बुवाआमा’, ‘के यो माया हो’, हेप्पी भ्यालेन्टाइन डे’, ‘गोरु बेचेको साइनो’, लगायतका सट मुभीहरुमा अभियन गरिसकेकी छिन् । त्यस्तै ‘लेकाली ठिटो’, ‘चोटै चोटले’, ‘आशाको दियो’, ‘रुन्छ मेरो आत्मा’, ‘माया गर्ने मुटु’, दशै, तिज, लोकदोहोरी लगायका एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

‘यो क्षेत्रमा संघर्ष गर्न सहयोग गर्नुहुने मेरो परिवार लगायत सबैलाई धन्यवाद दिन चाहान्छु, मोडलिङ क्षेत्रमा धेरै सम्भावना छ तर यो क्षेत्रमा आउन लागेका नयाँ साथीहरुलाई संर्घष गरेर आउन सुझाव दिन्छु’ उनले भनिन् ।

No description available.

हाल काठमाडौमा बस्दै आएकी उनी यस क्षेत्रमा लागेको पनि चार÷पाँच वर्ष भइसकेको छ । सानो पर्दाको मुभीबाट सुरु गरेकी उनी गुरुङ चलचित्रमार्पmत सहनायिक भूमिका देखिने भएकी छिन् । ‘आफ्नै कर्म’ नामक गुरुङ चलचित्रबाट उनी सहनायिकका भूमिकामा देखिने भएकी हुन् । कोभिड र लकडाउनका कारण चलचित्र प्रदर्शन हुन पाएको छैन् । कोभिडको अवस्था सामान्य भएसँगै चलचित्र प्रदर्शनमा आउने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्