
द्रब्यशाह बहुमुखी क्याम्पसको अन्तरिक नृत्य प्रतियोगितामा पहिलो भइन लक्ष्मी नेपाली
गोरखा नगरपालिका वडा नं ९ लक्ष्मिबजारको द्रब्यशाह बहुमुखि क्याम्पसमा आन्तरीक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा सोमबार भएको प्रतियोगितामा लक्ष्मि नेपाली प्रथम भएकी छिन् ।
प्रतियोगितामा कक्षा १२ का पुष्पा राना मगर र सोविता बस्न्यात दोस्रो र बिएड पहिलो बर्षका प्रतिमा गुरुङ र माया गुरुङ तेस्रो भएका छन् ।
केशब राज रेग्मिको अध्यक्षतामा भएको नृत्य प्रतियोगितामा कक्षा ११ कि आयुषा थापा र धनबहादुर गुरुङ सान्त्वना भएका छन् ।
क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्ब.बि.यु उप सभापति शिवहरि तिमिल्सिना, प्राध्यापक नकुल थापा र प्राविधिक संयोजक जयराम अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
तस्बिरहरु : सौनक धिमिरे








