| सोमवार, कार्तिक २३, २०८३

घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन

गोरखाका रङ्गकर्मी वीरबल घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन भएका छन् ।

गुरूङ चलचित्रका नायक, मोडल तथा निर्माता वीरबल घले ‘विरूप’ नेपाल सरकार चलचित्र विकास बोर्ड मातहतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्य पदमा मनोनित भएका हुन् ।

विगत एक दशकदेखि गुरूङ सांस्कृतिक चलचित्रको निर्माण तथा अभिनयमा सकृय घलेलाई गुरूङ फिल्म एशोसियसन नेपाल (जिफान)म र आदिवासी जनजाति चलचित्र महासंघले उक्त समितिमा सिफारिस गरेको हो ।

सोही अवसरमा जिफानका अध्यक्ष भोज बहादुर गुरूङ, प्रमुख सल्लाहाकार माओत्से गुरूङ, उपाध्यक्ष गुन्ज गुरूङ, महासचिव लवसन गुरूङ लगायतले गत मंगलबार पोखरामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्