| सोमवार, कार्तिक २३, २०८३

बक्तृत्व कलामा शिवशक्ति महिला समूह प्रथम

सिरानचोक गाँउपालिका वडा नं १ मा १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार विषयक वक्तृत्वकला प्रतियोगितामा शिवशक्ति महिला समूहकी रुकमाया रेग्मी पहिलो भएकी छन् । त्यस्तै हिमचुली महिला समूहकी अनिता ढकाल दोश्रो, सप्तकन्या महिला समूहकी अनिसा गूरुङ्ग तेश्रो र सन्तोषि महिला समूहकी कालिमाया गूरु सान्त्वना भएका छन् ।

प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र चौथो हुनेलाई प्रमाणपत्र वितरण गरिएको सामाजिक परिचालक निर्मला रेग्मीले जानकारी दिइन् । जनजागृति केरावारी वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको वक्तृत्वकलामा वडा भित्रका ९ टिमको सहभागिता रहेको रेग्मीले बताइन् । संस्थाकी अध्यक्ष विमला गुरुङको अध्यक्षता तथा वडाध्यक्ष सुकमान गुरुङको प्रमख आतिथ्यतामा भएको प्रतियोगितामा नेकपा अध्यक्ष उत्तम गुरुङ, पुणर्िमाया तामाङ्ग, दिलमाया सार्की लगायतले मन्तव्य राखेका थिए । साथै कार्यक्रमको अवसरमा आस्मा गुरुङ, मिलन तामाङले कविता र रेश्मा गुरुङ, अनिता सुनार, सुमि गुरुङ लगायतले नृत्य प्रस्तुत गरेका थिए । गाँउपालिकाले विगतका वर्षमा पनि दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्