
चर्चामा ‘पछ्यौरी लिस्यो’ : गायक रबिन लामिछानेलाई गृहजिल्ला गोरखामा सम्मान
गोरखाको भीमसेन थापा गाउँपालिका तान्द्राङ घर भएका लोक दोहोरी गायक रविन लामिछाने सम्मानित भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाले उनलाइ सम्मान गरेको हो । शुक्रवार प्रतिष्ठानको आयोजनामा महालक्ष्मी मावि लक्ष्मीबजारमा भएको दोहोरी गित प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रमको अवसर पारेर लामिछानेलाइ कदरपत्रले सम्मान गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष शिब केसीले बताए ।
लामिछानेले हालसालै बजारमा ल्याएको ‘पछ्यौरी लिस्यो’ भन्ने बोलको दोहोरी गित यूट्यूवमा एक करोड दर्शकले हेरेको अवसरमा उनलाई सम्मान गरिएको प्रतिष्ठानकी जिल्ला अध्यक्ष मिना गुरुङले बताईन् । लामिछाने दोहोरी क्षेत्र पछिल्लो समय चर्चामा छन् ।




