
सिरानचोकमा छायाङ्कन गरिएको तमु ल्होसार शुभकामना गीत सार्वजनिक
गोरखाको सिरानचोक गाउँपालिका भित्र छायाङ्कन गरिएको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कारहरु देखाइएको छ । पर्यटकिय स्थल सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङले गरेका छन् भने छायाङ्कन मधुर बस्नेतको रहेको छ ।




