| शनिबार, बैशाख ८, २०८१

गोरखाको बेथिति लक्षित बल्छी र राजुमास्टरको ब्यङ्ग्य

दरौँदी ः गोरखा सदरमुकाममा जारी दोस्रो गोरखकाली मेलाको दोस्रो दिन आयोजित कार्यक्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र (राजु मास्टर) ले गोरखाको बेथिति प्रति ब्यङ्ग्य गरेका छन् । भच्चेक, आरुघाट जाने सडक कालोपत्रे हुँदा पनि कच्चीको भाडा लिएको, गोरखा दरवार पुन निर्माण समयमै नसकिएको, दरौँदीको पानी दशैँ अघि आउँछ भनेर अहिले सम्म नल्याएको भन्ने कुरालाई प्रहशनको विषय बनाएका थिए । कमसल कालोपत्रे गरेको, ठेकेदारलाई काम लगाउन नसक्दा बिकास निर्माणले गति लिन नसकेको भन्दै प्रहशन मार्फत ब्यङ्ग्य गरेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले घर समाजमा बेमेलको अवस्था सिर्जना भएकाले सहि सदुपयोग गर्न उनीहरुले प्रहसनबाटै सुझाब दिए । शनिवार करिब चार हजार दर्शकले उनीहरुलाई साथ दिएका थिए । गायिका पर्मिला राई, राजु गुरुङ, सुरेन्द्र गुरुङ,कल्पना आले र सुनिला गुरुङको गितमा नाचेर दर्शकले मनोरञ्जन लिएका क्लवका अध्यक्ष विशाल गुरुङले बताए ।
मेलामा एक सय २० वटा स्टल रहेका छन् । स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन् । दोस्रो दिन राष्टिूय कलाकार पर्मिला राई, राजु गुरुङ, सुरेन्द्र गुरुङ, कल्पना आले र सुनिला गुरुङको विषेश प्रस्तुती रहेको थियो । मेलामा बाल उद्यानका सामग्री सँगै घरेलु औजार र उत्पादनका बस्तु पनि बिक्रीका लागि राखिएको छ । १३ गते सम्म चल्ने मेलामा प्रवेश टिकट ५० विद्यार्थीका लागि ३० रुपैयाँ रहेको आयोजक क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्