| शनिबार, कार्तिक २, २०७६

मिस आदिवासी जनजाति एलिजा गोरखामा सम्मानित

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ गोरखामा सम्मानित भएकी छन् । गोरखा च्याम्बर अफ कमर्शले दशै सस्तो बजार मेलाको अवसरमा गुरुङलाई सम्मान गरेको हो ।

च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ र महासचिव रामस्वरुप श्रेष्ठले गोरखाको हरमटारीस्थित मेला आयोजित स्थलमा सम्मान गरेका हुन् ।

धार्चे गाउँपालिका २ केरौंजाकी गुरुङ यसबर्ष मिस एण्डिजेनियस(मिस आदिवासी जनजाति) २०१९ घोषित हुन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्