| शनिबार, कार्तिक २, २०७६

दशैं सस्तो मेलामा दुई करोड बढिको कारोबार

गोरखा सदरमुकाममा जारी दशैं सस्तो बजार मेलाको हालसम्म २६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले दाबी गरेको छ । मेलाको चौथो दिन शनिवारसम्म २६ हजार भन्दा धेरै दर्शकले मेला अबलोकन गरेका आयोजक गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मेलाको तेस्रो दिन शुक्रबारसम्ममा मेलामा करीब दुई करोड रुपैया बराबरको कारोबार भैसकेको छ । शनिवार मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा लोक तथा दोहोरी गायक पशुपती शर्मा, सन्तोष दुवाडी, गायिका भूमिका गिरी, शोभा त्रिपाठी लगायतका कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कालिका कला केन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । आइतबार कलाकारहरु गणेश गुरुङ, सिर्जु अधिकारी, लिला राई लगायतका प्रस्तुति रहने चेम्वरका सदस्य गणेश श्रेष्ठले जानकारी दिए । हरमटारीको खेलकुद मैदानमा स्थानीय उत्पादन र ब्यबसायको प्रबद्र्धन गर्ने र चाडबाडका लागि आवश्यक पर्ने उपभोग्य सामग्री एकै ठाऊँमा खरीद बिक्री गर्ने उदेश्यले मेला सञ्चालन गरिएको हो ।

असोज १७ गतेसम्म चल्ने मेलामा हरेक दिन स्थानीय तथा राष्टिूय ख्यातीप्राप्त कलाकारको प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । हिमाली क्षेत्रका सिलाम, जडिबुटी लगायतका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । यस्तै, स्थानीय स्तरमा आरनबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामाग्री, नेपाली जुत्ताचप्पल, अल्लोका कपडा, भान्साका सामग्री, सौन्दर्य सामग्रीहरु पनि स्टलमा राखिएको छ । मेला अन्तरगत नै साल्ट टूेडिङ कर्पोरेशन लिमिटेडले कभर्ड हलमा सस्तो मुल्यमा नुन र चिनी बिक्री गरेको छ ।

प्रतिक्रिया दिनुहोस्