| सोमवार, कार्तिक २३, २०८३

गोरखामा दोस्रो दशैं सस्तो ब्यापार मेला आजबाट

 

गोरखा सदरमुकाममा बुधबारबाट हुने दोस्रो दशैं सस्तो बजार मेलाको तयारी सकिएको छ । हरमटारी खेलकुद मैदानमा हुने मेलाको सम्पूर्ण तयारी सकिएको आयोजक गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।

बुधबार बिहान ११ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रमअघि साँस्कृतिक झाँकी सहितको ¥यालीले बजार परिक्रमा गर्ने कार्यक्रम रहेको चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए । सस्तो व्यापार मेलामा यो वर्ष नेपाल खाद्य संस्थान र साल्ट टूेडिङ कर्पोरेशनले पनि स्टल राख्ने भएको छ ।

‘खाद्य संस्थानले ढुवानी सहुलियतमा पाइने चामलको स्टल राख्ने भएको छ’ उनले भने ‘साल्ट टूेडिङ कर्पोरेशनले सुपथ मूल्यको नून, चिनी र च्यूरा बिक्री गर्नका लागि स्टल लिएको छ ।’ मेलामा साल्ट टूेडिङले चिनी प्रतिकिलो ७२ रुपैयाँमा र नून प्रति केजी १८ रुपैयाँमा बेच्नेछ ।
१० दिनसम्म चल्ने मेलामा घरेलु तथा कृिष उत्पादन प्रर्दशन तथा विक्रि, दैनिक उपभोग्य वस्तुहरुको सुलभ मूल्यमा खरिद विक्रि, भान्छाका सामग्रीको खरिद विक्रि, रेडिमेड कपडाहरु बिक्री, खसी बोका, च्याङ्ग्रा, लोकल कुखुराको बिक्री हुने आयोजक गोरखा चेम्वर अफ कमर्शले जनाएको छ । मेलामा हरेक दिन राष्टिूय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति तथा सांगीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्