| शुक्रबार, अशोज ३, २०७६

आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ सुरु

तनहुँको आँबुखैरेनीमा आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ सुरु भएको छ ।

विभिन्न जातजातिहरुको कला संस्कृति परम्परा, भेषभुषा संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने मूल नाराका साथ मिलन युवा समाज र आँबुखैरेनी कला केन्द्रको मुख्य आयोजना तथा आँबुखैरेनी भलिवल संघको सह–आयोजनामा महोत्सव सुरु भएको हो ।

गाउँपालिका भित्रका विभिन्न जातजातिहरुको कला संस्कृति जगेर्ना तथा उत्थान गर्नका निम्ति महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले बताए ।

एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा एक करोड रुपैयाँ भन्दा बढी रकमको आर्थिक कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । महोत्सवमा अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, डान्स आइडल, रमाइलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । आँबुखैरेनीको सैबोटेमा भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ४६ स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्