| बुधबार, भदौ ४, २०७६

विभिन्न कार्यक्रमका साथ विश्व आदिवासी जनजाती दिवस सम्पन्न (फोटो फिचरसहित)

नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव परशुराम तामाङले संवैधानिक प्रावधान अनुसार मात्र कर्मचारी भर्ना गर्न माग गरेका छन् ।

२५ औं विश्व आदिवासी जनजाती दिवसको अबसरमा गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोक सेवा आयोगले लिने निजामती कर्मचारीको भर्ना संविधानअनुरुप नभएको भन्दै उनले समानुपातिक समावेशी सिद्धान्त अपनाउन लोक सेवा आयोगको ध्यानाकर्षण गराए ।

संविधानमा भएको समानुपातिक र समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले कर्मचारी भर्ना खोलेर सामाजिक न्याय र प्रतिनिधित्वको हक ग्यारेन्टी गरेको संवैधानिक व्यवस्था विपरीत काम गरेको बताए । लोक सेवा आयोगले विभिन्न स्थानीय तहमा ९ हजार कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्दा समानुपातिक समावेशी सिद्धान्त नअपनाएकाले आदिवासी जनजाती दिवस समेत विरोधका कार्यक्रम गरेर मनाउनुपरेको उनको भनाई छ ।

कार्यक्रमका अन्य बक्ताहरुले आफ्ना अधिकार र पहिचान सुरक्षित राख्नका लागि सबै आदिबासी जनजाती समुदाय एक हुनुपर्नेमा जोड दिए । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष विष्णु थापा मगरको अध्यक्षतामा भएको कर्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका नगर सचिव कृष्ण राना, समाजवादी पार्टीका नगर संयोजक नारायण खत्री, आदिवासी जनजाती महासंघ महिला समितिकी जिल्ला अध्यक्ष नानीमाया थापा, आदिवासी जनजाती महासंघका नगर समिति अध्यक्ष भरत राना, आदीवासी जनजाती महासंघको युवा समितिका अध्यक्ष दिनेश तमु, नेवा देय दबुका जिल्ला उपाध्यक्ष रामबाबु श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

गोरखकाली चलचित्र मन्दिर नयाँबजारमा औपचारिक कार्यक्रम सुरु हुनुअघि खेलकुद मैदान हरमटारीबाट आदिवासी जनजाती समुदायको झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको खिलबहादुर राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्