
पोखरीमा घाटु प्रदर्शन
बारपाक सुलिकोट गाउँपालिका २ बारपाकको पोखरीमा आदिबासी तमु गुरुङहरुको अमृत संस्कृति संरक्षण सम्बन्धी अभिमुखिकरण एंवम घाटु प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ आदिवासी जनजाती संस्कृति संरक्षण समितिको आयोजना तथा घाटु संरक्षण समिति पोखरीको ब्यबस्थापनमा कार्यक्रम भएको मिलन ढकालले जानकारी दिए ।
आदिवासी जनजाती संस्कृति संरक्षण समितिका अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, तमु छाेंज धि गुरुङ राष्टिूय परिषदका केन्द्रिय उपाध्यक्ष नरबहादुर गुरुङ, वडा नं ४ का अध्यक्ष भिमबहादुर गुरुङ, वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङ, नेकपाका नेता सिताराम गुरुङ र रामबहादुर विक, दुर्गा माविका प्रधानाध्यापक सन्तबहादुर गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा गुरुङ समुदायले घाटु नाच प्रदर्शन गरेका थिए ।




