| आइतवार, कार्तिक २२, २०८३

गोरखाका सताव्दी पुरुष सुन्दरभक्त श्रेष्ठको सयौं बार्षिकोत्सव मनाइयो

दरौंदी : सताव्दी पुरुष सुन्दरभक्त श्रेष्ठको जन्मोत्सव मनाइएको छ ।बुबा कुलबहादुर श्रेष्ठ र आमा गुणकुमारी श्रेष्ठको कोखबाट २०७६ साल चैत १३ गते नाङ्लेपानीमा जन्मेका श्रेष्ठको सयौं बर्षको जन्मोत्सव मनाएको हो । चौवीसकोठी परिबारमा जन्मेका उनका परिबारले विशेष पूजाआजा गरी धिमेबाजा सहित नगरपरिक्रमा गरी जन्मोत्सव मनाएका थिए ।
होटल इनमा आयोजित एक समारोहमा बोल्ने बक्ताहरुले उनको जीवनीको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्