
सिआईबीले हटायो जिप्रकाको फेसबुक पेजको अस्लील तस्वीर
गोरखा : प्रहरीको अपराध अनुसन्धान बिभाग(सिआईबी)ले जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजको अस्लील तस्वीर हटाएको छ । हिजो(सोमबार) अज्ञातद्वारा पोष्ट गरिएको तस्वीर सिआईबीले हटाएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
‘धेरै मिहिनेतपछि बल्ल अहिले हटाउन सफल भयौं’, एसपी रावलले भने, ‘अब पेज नखुल्ने भएको छ । तर कसले त्यसो ग¥यो भनेरचाहिँ खोज्ने क्रम जारी छ ।’
यसअघि जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा अस्लील तस्वीरहरु पोष्ट भएको थियो । पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्वीरहरु पोष्ट भएको भेटिएको हो ।
सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्वीरहरु मंगलबार बिहानसम्म नौ बजेसम्म यथावत थियो ।
सो पेज सन् २०१६ देखि सक्रिय थिएन । सोमबार एक्कासी अस्लील तस्वीरसहित सक्रिय भएको हो ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने एसपी रावलले जानकारी दिए । ‘पेजमा यस्तो देखिएपछि धेरै तनाब भयो । रातभरि सुत्न पनि पाइएन’, एसपी रावलले भने, ‘बिभिन्न ठाउँबाट फोन आए । हामी पनि निरन्तर त्यसलाई हटाउन र कसले यस्तो ग¥यो भनेर पत्ता लगाउन लागिरह्यौं ।’ सिआईबीको प्रयोग गरिएको उनले बताए ।
यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्ड थाहा नहुँदा समस्या भएको उनले बताए । ‘कसले पेज खोलेको थियो, त्यो मान्छे पनि पत्ता लगाउन सकिएको छैन’, उनले भने ।




