| सोमवार, कार्तिक २३, २०८३

नेहाले लगाईन् मिस गोरखा २०१८ को ताज

मिस गोरखा २०१८ को ताज नेहा श्रेष्ठले पहिरीएकी छिन् । गोरखा नगरपालिका ६ पदेलीकी २२ बर्षिय श्रेष्ठ मिस गोरखा सिजन २ को फाइनलमा पुगेका १३ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । शनिवार गोरखकाली चलचित्र मन्दिरमा भएको फाइनलमा निर्णायकले सोधेका प्रश्नमा उत्कृष्ट प्रस्तुतीका आधारमा उनि मिस गोरखा हुन सफल भएकी हुन् । उनलाई गतबर्षकी मिस गोरखा इशा शाहले ताज पहिराईन् ।

उनले नगद ५० हजार सहित ट्रफि, अवार्ड र आकर्षक पुरस्कार पाएकी छिन् । मिस गोरखा श्रेष्ठ हाल द्रब्यशाह बहुमुखी क्याम्पसमा स्नातक तह चौथो बर्षमा अध्ययनरत छिन् । प्रतियोगितामा फस्ट रनर अप भएकी बारपाककी किरण घलेले नगद ३० हजार,सेकेण्ड रनर अप भएकी मास्किछापकी प्रिती थापाले नगद २० हजार, थर्ड रनर अप बोर्लाङकी प्रिती गैह्रेले नगद १० हजार सहित अन्य आकर्षक पुरस्कार पाएका छन् । उनीहरुका लागि एयर होस्टेज तालिम, जापानी भाषा प्रशिक्षण, ब्युटिसियन तालिम लगायतका विभिन्न अबसर पनि रहेको छ ।

प्रतियोगिताको फाइनलमा पुगेका १४ जनालाई नै विभिन्न विधामा पुरस्कृत गरिएको आयोजक सौन्दर्यकला ब्यबसायी संघले जनाएको छ । संघकी अध्यक्ष शुकु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, मुख्य निर्णायक चिनु गुरुङ, संघका सल्लाहकार भाईचन्द्र श्रेष्ठ, कोरीयोग्राफर सुरज थापा, मुख्य प्रायोजक माउण्ट एभरेष्ट डिपार्टका मिराज अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्