| सोमवार, कार्तिक २३, २०८३

मिस गोरखाको फाइनल माघ १९ गते

मिस गोरखा २०१८ ब्युटी विथ व्रेन सिजन टुको फाइनल माघ १९ गते हुने भएको छ । सौन्दर्यकला ब्यबसायी संघको आयोजनामा हुने प्रति योगिताको फाईनल माघ १९ गते गोरखकाली चलचित्र हलमा हुने भएको हो ।
आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै फाइनलको विषयमा जानकारी दिएको हो ।
प्रतियोगिताको फाइनलमा १४ जनालाई विभिन्न विधामा उत्कृष्टताका आधारमा पुरस्कृत गरिने कोरियोग्राफर सौरभ थापाले जानकारी दिए । पहिलो र दोस्रो चरणको अडिसनमा २५ जना युवतीमध्ये छनौट भएका १४ जनाबिच प्रतिस्पर्धा हुनेछ ।
उनीहरु अहिले विभिन्न विधामा प्रशिक्षण लिईरहेका छन् । प्रति योगिताको फाईनलमा मिस गोरखाका प्रतिस्पर्धीहरुको प्रस्तुतीका साथमा गोरखा सांस्कृतिक कला केन्द्रका कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडालाई पनि ल्याउने तयारी भैरहेको आयोजक संघका सल्लाह कार भाईचन्द्र श्रेष्ठले बताए । प्रतियोगिताकाृ विजेताले नगद ५० हजार, फस्ट रनर अपले नगद ३० हजार, सेकेण्ड रनर अपले नगद २० हजार तथा थर्ड रनर अपले नगर १० हजारको साथमा क्राउन र आकर्षक पुरस्कार पाउने सौन्दर्यकला ब्यबसायी संघका अध्यक्ष शुकु श्रेष्ठले बताईन् । उनीहरुका लागि एयर होस्टेज तालिम, जापानी भाषा प्रशिक्षण, ब्युटिसियन तालिम लगायतका विभिन्न अबसर पनि रहेको संघका सल्लाहकार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्