
सरस्वती माविको बार्षिक उत्सव समारोह
गोरखा नगरपालिका फिनामको सरस्वती माविको ५८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुलबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद हरीराजअधिकारी, पुर्व सांसद परशुराम रम्तेल, गोरखा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिृकत कृष्णकुमारी श्रेष्ठ, नेपाल शिक्षक महासंघका अध्यक्ष धुब्रकुमार भट्ट, वडाअध्यक्ष रामशरण अधिकारी, नेकपाका मंगलबहादुर बयलकोटी, नयाँ शक्तिका दिनेश तमु लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । विविध खेलकुद तथा सास्ंकृतिक कार्यक्रमका साथ भएको बार्षिको त्सव कार्यक्रममा विद्यालय का प्रधानाध्यापक विष्णु प्रसाद न्यौपानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।




