
रत्नलक्ष्मी माविको भवन सिलान्यास
दरौंदी ः प्रतिबद्धता जनाएको तीन बर्षपछि भारत सरकारले गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको भवन निर्माण सुरु गरेको छ । सोमबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भवनको शिलान्यास गर्दै निर्धारित समयभित्रै निर्माण पुरा गर्न आग्रह गरे । भारतीय दुतावासले सम्झौता अनुसार अबको १४ महिनामा १८ कोठे भवन निर्माण सम्पन्न गर्नुपर्ने प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिईन् । भुकम्पपछि विद्यालय टहरा र असुरक्षित भवनमा सञ्चालन भएको छ । टहरा भएको ठाउँमा नै विद्यालयको नयाँ भवन बन्ने भएपछि अब नयाँ ठाउँमा टहरा बनाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक त्रिपाठीको भनाई छ । जाडो बिदामा टहरा ब्यबस्थापन गर्ने तयारी भैरहेको उनले बताईन् । भारतिय दुतावासले भुकम्प लगत्तै भवन निर्माणको जिम्मा लिएपनि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाई गरेको थियो । सोही अबसरमा गोरखा जेसिसको समन्वयमा अल्पाईन युनिफर्म एण्ड स्पोर्टस् प्रालिले विद्यालयका एक सय ५६ विद्यार्थीलाई न्यानो कपडा पनि वितरण गरेको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिषण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पन्त, ब्यबस्थापन समितिकी पुर्व अध्यक्ष सानुमाया बस्नेत, अल्पाईन सस्थांका ह्याकंल पित न्यौपाने र सिता शर्मा, लियो क्लब अफ गोरखाका बालकृष्ण परियार लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




