| सोमवार, कार्तिक २३, २०८३

जनशक्ति माविको नयाँ भवन उद्घाटन

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका ९ नाम्जुङको जनशक्ति माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भवनको उद्घाटन गरे । जापान सरकारको ऋण सहयोगमा राष्टिूय पुनर्निमाण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत पाच करोड ८८ लाख रुपैयाँको लागतमा पाचवटा भवन निर्माण गरिएको हो । सुविधासम्पन्न भवनमा कक्षा कोठा सहित विज्ञान प्रयोगशाला, पुस्तकालय, सभाहल, शौचालय लगायतका संरचना छन् । २०७२ सालको गोरखा भुकम्पले विद्यालय को ६ वटा भवनको २८ कक्षाकोठा पुर्ण रुपमा क्षति भएका थिए । भूकम्पपछि टहरामा सञ्चालन भएको विद्यालय अब सुविधा सम्पन्न भवनमा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी काप्रीले बताए । जनशक्ति मावि जिल्लाको उत्कृष्ट ५ सामुदायिक विद्यालयमध्येको एक हो । समितिका अध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोखरेल, शिक्षक महासंघका केन्द्रिय सह अध्यक्ष पुर्णप्रसाद दवाडी, गाउँ पालिकाका शैक्षिक गुणस्तर परिक्षण केन्द्रका निर्देशक कृष्णप्रसाद काप्री, राष्टिूय पुनर्निमाण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईका निर्देशक इमनारायण श्रेष्ठ, शिक्षा शाखा प्रमुख दिपेन्द्र परियार लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्