| सोमवार, कार्तिक २३, २०८३

प्याब्सन गोरखाका अध्यक्षमा फेरि तिवारी निर्वाचित

दरौंदी : निजि तथा आबासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोरखाको पाचौ अधिबेसन तथा दशौ साधारण सभा सम्पन्न भएको छ । अधिबेसनले नयाँ कार्यकालका लागि फेरि सीताराम तिवारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जनक केसी, सचिवमा कमल थापा, सह सचिव राजन बस्नेत, कोषाध्यक्षमा राजि थापा रहेका छन् । सदस्यमा कृष्ण घले, श्याम तामाङ, तारा पो्रखेल, तारा गुरुङ, ऋषि राना, शिबहरी देवकोटा र बाबुराम तिवारी चयन भएका छन् । तनहुँको सत्रसयस्थित होटल मस्र्याङदी भ्यु रिसोर्टमा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्याब्सनका केन्द्रिय अध्यक्ष विजय साम्बाहाम्फे, पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेल, केन्द्रिय महासचिव राजेन्द्र बानिया, प्रदेश अध्यक्ष माधव शरण उपाध्याय, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, गोरखा नगरपालिकाका नगर शिक्षा प्रतिनिधी धुब्रराज अर्याल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्