| सोमवार, कार्तिक २३, २०८३

सरस्वती माविको भवन उद्घाटन

दरौंदी समाचारदाता
गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको एक कार्यक्रम का बीच गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । सो अबसरमा उनले आगामी बजेटमा विद्यालयमा कम्पाउण्ड वालका लागी बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत करीब ९७ लाख रुपैया लागतमा आठकोठे भवन निर्माण गरिएको हो । गतसालबाट निर्माण सुरु भएको भवन हालै निर्माण सम्पन्न भएको हो । सो भवनमा कक्षा ५, ६, ८,र ९ सञ्चालन हुन थालेको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । कार्यक्रममा विद्यालयको शैक्षिक, आर्थिक र भौतिक अबस्थाबारे जानकारी दिदै उनले कम्पाउण्डको अभावमा विद्यालयको सुरक्षा र संरक्षणमा समस्या रहेको बताए । विद्यालयय ब्यबस्थापन समितिका अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेत, भवन निर्माण समिति संयोजक नारायण खत्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए । मन्त्री बस्नेतले विद्यालयको पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतको अबलोकन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्