| सोमवार, कार्तिक २३, २०८३

स्थानिका आधारभूत विद्यालयको भवन उद्घाटन

दरौंदी : आरुघाट गाउँपालिकाको आरुआर्बाङस्थित स्थानिका आधारभूत विद्यालयको आठ कोठे भवन शुक्रबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलले साझेदारी संस्था पद्धति विकास सेवा केन्द्रमार्फत निर्माण गरेको सो भवन गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले उद्घाटन गरेका हुन् । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुकपाल गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष दाहाल, गाउँ कार्यपालिकाका सदस्य सन्तबहादुर नेपाली, वडा अध्यक्ष नारायणध्वज खड्का, नेकपा जिल्ला सदस्य कृष्ण नेपाली, सामाजिक विकास समितिका संयोजक मेनबहादुर अधिकारी, पद्धति विकास सेवा केन्द्रका सचिव सुनिता केशी, गुड नेभर्स इन्टरनेशनल, नेपालका कार्यक्रम प्रबन्धक शंकर सुवेदी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । गुडनेवर्स इन्टरनेशनलले दुई करोड एकलाख ५० हजार रुपैयाको लागतमा विद्यालयको आठकोठे भवन र सौचालय निर्माण तथा शैक्षिक सामग्रीको समेत व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्