| सोमवार, कार्तिक २३, २०८३

तुलसीमान स्मृति लोकसाहित्य पुरस्कार प्रा.डा. बन्धुलाई

लोकसाहित्यका अनुसन्धानकर्ता स्वर्गीय तुलसीमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको तुलसीमान स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार प्राध्यापक डा. चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । स्वर्गीय तुलसीमान स्मृति समाजको बुधबार सम्पन्न बैठकले बन्धुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
बन्धुले गरेको नेपाली लोकसाहित्य को क्षेत्रमा गरेको अतुलनीय अध्ययन, अध्यापन र अनुसन्धानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको स्वर्गीय श्रेष्ठका छोरा निरजमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठको स्मृतिमा आउँदो पुस २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा लामो समय अध्यापन गरेका स्वर्गीय श्रेष्ठको नेपाली लोकसाहित्य सम्बन्धी लेखिएका खोजमुलक लेखहरु समेटिएका आधा दर्जन भन्दा धेरै रचनाहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्